गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक

00-1-1-1

टीआरआई समाचार  

काठमाडौं: गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ। गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ। भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन्। प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ। भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ। हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन छ।

About Author

Advertisement