गीतकार कमल दाहलको असामयिक निधनले सिक्किमेली साहित्यकाशमा शोकको लहर

IMG_20220823_221652.jpg

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको सभागृहमा सिक्किमे कलाकार सङ्घले स्वर्गीय कमल दाहालको असामाहिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धञ्जली अर्पण गरेको छ। सिक्किम, दार्जीलिङ अनि नेपालमा समेत एक स्थापित गीतकार, गजलकार, नाटककारको रूपमा चिनिने स्वर्गीय दाहालको निधनले भारतीय गीत, संगीत अनि रङ्गमञ्च मै ठूलो क्षति भएको छ।
शोक सभालाई सम्बोधन गर्दै प्राद्यापक रूद्र पौड्यलले स्वर्गीय कमल दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक बहुरूपी, भाषाप्रेमी, गीतकार, नाटककार, निर्देशक, रंगमञ्चकर्मी मात्र नभएर एक दक्ष, क्षमतावान व्यक्तित्व गुमाएको कुरा बताए। स्वर्गीय दाहालका गीतहरू वरिष्ठ संगीतकारहरू र गायकहरूले स्वर दिइसकेका हुनाले उनको लेखनशैलीमा कतिको क्षमता रहेको थियो भन्ने स्पष्ट देखिन्छ अनि उनले आँटेका र हामीलाई दिएका कृतिहरूलाई लिएर अघि बढनु पर्ने बताए।गत १३ अगस्तका दिन बिहानी पख घर छेउमा पानी जोड्न गएका दाहाल आकास्मिक दुर्घटनाको शिकार बन्न पुगेका थिए भने उपचारको क्रममा सिलगढीस्थित निजी नर्सिङ होममा १९ अगस्तको बेलुकी निधन भएको थियो।शोक सभामा सिक्किमे कलाकार सङ्घका अध्यक्ष हरी ढुङ्गेलले शोक प्रस्ताव राखे भने भरत वशिष्ठ, गणेश ढुङ्गेल, निलम न्यौपाने, तिलक खतिवडा, विष्णु न्यौपाने, अमर सुब्बा आदिले शोक वक्तव्य राखे। शोक सभामा स्वर्गीय दाहालको आत्माले बैकुण्ठ प्राप्त होस् भन्ने प्रार्थना गर्दै शोकाकुल परिवारमा ईश्वरले यस घडी धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरियो।स्वर्गाय कमल दाहालले धेरै रेडियो नाटक, एकाङ्की नाटक सहित दुई कमल कलम नामक गीतका पुस्तक समाजका लागि दिएर गएका छन्। उनले वयोवृद्ध पिता, माता, श्रीमती अनि एक छोरी र एक छोरो छाडेर गएका छन्।

About Author

Advertisement