गिताङ्गे र सिमरिङमा संसद स्तरीय चुनाव बुथ कमिटी गठन गर्न भागोप्रमोद्वारा सभा सम्पन्न

IMG-20230410-WA0231.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टी अन्तर्गत गिताङ्गे चियाबारी र सिमरिङ चियाबारीमा संसद स्तरीय बुथ कमिटी गठन गर्नलाई सभा सम्पन्न भएको छ। यस अन्तर्गत गिताङ्गे चियाबारीमा बीके विष्टको अध्यक्षतामा संसद स्तरीय चुनाव कमिटी गठन गर्ने विषयमा सभा सम्पन्न भएको छ। उक्त सभामा गिताङ्गे चियाबारीको संसद स्तरीय चुनाव बुथ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा मुख्य को-अर्डिनेटरको रूपमा बीके विष्टलाई चयन गरिएको छ भने सह को-अर्डिनेटरमा मणिकुमार विश्वकर्म र बिजय छेत्री, कोषाध्यक्ष मिलन विष्ट, प्रचार प्रसार सचिव जुना छेत्री लगायत गिताङ्गे बुथ क्षेत्रबाट प्रत्येक घरबाट गरेर ८१ जनाको सल्लाहकार चयन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी उदय छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बताए अनुसार तीनधारे महानदी समष्टि अन्तर्गत गिताङ्गे चियाबारीमा संसद स्तरीय चुनाव बुथ कमिटी गठन गर्नलाई गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गिताङ्गे बुथ कमिटीको प्रतिनिधिहरू, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन एंव अन्य भातृ संगठनका पदाधिकारीहरू उपस्थित रहेका थिए। यसै सभामा नै गिताङ्गे संसद स्तरीय बुथ चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ। सभामा पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरिएको पनि उदय छेत्रीले जानकारी गराएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको सिमरिङ चियाबारीमा पनि संसद स्तरीय चुनाव बुथ कमिटी गठन गर्न सभा सम्पन्न भएको छ। उक्त सभा डीबी सुब्बाको अध्यक्षता र दिवस वाइबाको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति राजु लामा, सांगठनिक सचिव सीबी राईले सम्बोधन गरेका थिए। सभामा संसद स्तरीय चुनाव बुथ कमिटी गठन गर्न हेतु चर्चा परिचर्चा गरिएको छ। केही दिनभित्रमा नै सिमरिङमा संसद स्तरीय चुनाव बुथ कमिटी गठन गरिने भएको छ।

About Author

Advertisement