खरसाङ: तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति बुथ कमिटीको सभा सम्पन्न भएको छ। उक्त सभा पञ्चायत सदस्या जुना छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, पञ्चायत सदस्या जुना छेत्री, सान्सीत लामा आदिले वक्तव्य राखेका थिए। सभामा नारी शक्ति गिताङ्गे बुथ कमिटीको पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति सान्सीत लामा, उप सभापति गंगा गजमेर र शारदा छेत्री, सचिव अर्पणा प्रधान, सह सचिव पूजा विश्वकर्मा र जेनी छेत्री, सांगठनिक सचिव शारदा छेत्री, कोषाध्यक्षा जुना छेत्री लगायत ४० जनाको कार्यकारी सदस्याहरु चयन गरिएको छ।










