गायक जाेन डी खवाल पण्डित जेम्स देशपाण्डे स्मृति पुरस्कारद्वारा सम्मानित

गान्तोक: ईशाई जगतका ख्यातिप्राप्त गीतकार अनि गायक जोन डी. खवासलाई पण्डीत जेम्स देशपाण्डे स्मृति स्वर्ण पुरस्कारले सम्मानित भएका छन्। ग्रेस पेण्टिकोस्टल फेलोशिप चर्चेस अफ् सिक्किमले नाम्ची लोअर कामराङमा आफ्नो २२औं महाअधिवेशण अवधि एल्डर खवासले उक्त पुरस्कारले सम्मानि गरेको हो। उनलाई २० हजार रुपियाँ नगद राशी अनि प्रशस्ति पत्र प्रदान गरिएको छ। दार्जीलिङ जिल्लाको सौरेनी बजारमा जन्मिएका दृष्टिहीन एल्ड खवासले लामो समयदेखि ईशाई संगीतिक क्षेत्रमा काम गर्दै ईइरहेका छन्। उनले नेपाली मण्डलीहरूमा गाइने सर्वाधिक लोकप्रिय स म्पूर्ण जीवन मेरो, हृदयका मेरो राजा येशुलाई जस्ता अनेकन गीतहरू सिर्जना गरेका हुन्। उनी नेपाली ईशाई मण्डलीमा संगीतद्वारा जागृति ल्याउने प्रणेतानै मान्न सकिन्छ। नेपाली ईशाई संगीतप्रतिको उनको योगदानलाई कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।
ज्ञात रहोस्, पण्डीत जेम्स देशपाण्डे बाइबल विद् हुन् जसले ग्रीक अनि हिब्रु भाषाबाट सोझै बाइबललाई नेपाली भाषामा अनुवाद गरेर नेपाली मण्डलीहरूमा शिक्षाको ज्योति छर्ने कार्य गरेका थिए। यसको साथै उनले बाइबल अनि ईशाई मत सम्बन्धनमा विभिन्न पुस्तक अनि लेखहरू लेखेका छन्।

About Author

Advertisement