गायक इन्द्रजीत मिजार गोरुबथानमा पुरस्कृत हुने

IMG-20220813-WA0164.jpg

गोरुबथान: “अब यो बाटो मेरो हो कि म यो बाटोको”, “टुङनाको धुनमा डाँडापारि जुनमा” आदि अनेकन प्रसिद्ध गीतहरू गाएर एक समय नेपाली जगतमा हलचल मचाउने डुवर्सका सुप्रसिद्ध गायक इन्द्रजीत मिजार आगामी भाषा दिवसको दिन गोरुबथानमा पुरस्कृत हुने भएका छन्। श्री मिजारको साङ्गीतिक योगदानको मूल्यांकन गर्दै गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले श्री मिजारलाई आगामी २० अगस्तका दिन आयोजित हुने ३० औँ भाषा दिवस समारोहबीच स्व. आर. बी राई स्मृति पुरस्कारद्वारा विभुषित गर्न लागेको हो। स्मरण रहोस्, विगत वर्ष २०१९ मा शिक्षाविद् डा. डीकबहादुर देवानलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

About Author

Advertisement