सदर पुलिसले २९ वटा मध्ये १२ वटा मुद्दाको समाधान गरेको एसपी लेप्चाको भनाइ

IMG-20230811-WA0373.jpg

गान्तोक: सिक्किम पुलिसले एक महिनाभित्रमा १२ वटा चोरीको मामिला समाधान गरेको छ। गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेले जानकारी गराए अनुसार सदर थाना, रानीपुल र सिङताम थानामा यस वर्षको जनवरीदेखि ३१ जुलाईसम्म २९ वटा चोरीको मामिला दर्ता भएको र त्यस मध्ये १२ वटा घटना समाधान गरेको बताए। उनले जानकारी गराए अनुसार सदर थानामा २० वटा, रानीपुल ५ वटा र ४ वटा मुद्दा सिङताम थानामा दर्ता भएको थियो। चोरीको घटनाको मुद्दा समाधान गर्न पुलिसलाई अधिक कठीन हुने गरेको उनले जानकारी गराए। विशेष गरेर चोरीको घटना घरमा मान्छे नभएको र राती हुने गरेकोले यस प्रकारको मुद्दा समाधान गर्न पुलिसलाई साह्रौ पर्ने गरेको बताए। चोरी गरिएको मोबाइल, औंठी लगायत अन्य सामग्री पुलिसले फेलापारेको छ भने पैसा भने धेरै कम फेलापरेको बताए। उनको भनाइ अनुसार सिङतामको नन्दु गाउँबाट पक्रा परेका आरोपी ६ वटा घटनामा सामेल भएको जानकारी गराए। उनले घर मालिकहरूलाई सीसी क्यामेरा जडान गर्नुपर्ने आग्रह गरेका छन्। विशेष गरेर चोरले सीसी क्यामेरा नभएको घरमा नै चोरी गरेको अधिक मात्रमा घटना घटेको उनको भनाइ रहेको छ। यसरी नै पुलिसले केही महिना अघि नामनाममा भएको घटनाको आरोपीलाई पनि पक्राउ गरिसकेको जानकारी गराए। यदि सबैले घरमा सीसी क्यामेरा लगाएको खण्डमा जति पनि चोरी हुन्छ त्यो चोरलाई शीघ्र पक्राउ गर्न सकिने बताए। यस प्रकारको घटनालाई नियन्त्रण गर्नको निम्ति सबैले घर मालिकले सीसी क्यामेरा लगाउनु पर्ने उनले आग्रह गरेका छन्। चोरी भएको सामान साथै रूपियाँ पैसा भने पुलिसलाई उद्दार गर्न कठीन हुने गरेको जानकारी गराए। चोरी भएको सामग्री र पैसा चोरले बिक्री गर्ने र पैसा खर्चिने भएकोले यसलाई उद्दार गर्न नसकिने अवगत गराए।

About Author

Advertisement