गान्तोक जिल्लामा एसकेएमलाई ७ र एसडीएफलाई १ सीट

n613989630171735310652258463e2d8b4d9a5669bbf83b1acecd59e6fc4408434edd2d9c1cba2616438f34.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य विधानसभा चुनाउमा गान्तोक जिल्लाका ८ वटा निर्वाचन क्षेत्रमा ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। एउटा निर्वाचन क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले जितेको छ।

एसकेएम पार्टीको खाम्दोङ सिङताम निर्वाचन क्षेत्रका उम्मेदवार नर बहादुर दाहालले ५८८२ मत, तुमिन लिंगी निर्वाचन क्षेत्रका उम्मेदवार साम्डुप छिरिङ भोटियाले ८२६५ मत, मार्ताम रूम्तेक निर्वाचन क्षेत्रका उम्मेदवार सोनाम छिरिङ भेन्चुङ्गपाले ८०७० मत पाएका छन्।

यसैगरी, अप्पर तादोङका उम्मेदवार जीटी ढुङ्गेलले ६२०९ मत, आरिथाङका उम्मेदवार अरुण कुमार उप्रेतीले ५३५६ मत, दिले नामग्याल बर्फुङ्गपाले ४४४० मत र अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी एसकेएम उम्मेदवार कला राईले ६३२३ मत प्राप्त गरेका छन्।

अर्कोतिर, एसडीएफ पार्टीको एकमात्र उम्मेदवार तेन्जिङ नर्बु लाम्टाले स्यारी निर्वाचन क्षेत्रबाट ६६३३ मत प्राप्त गरेर जित हासिल गरेका छन्।

About Author

Advertisement