गान्तोक जिल्लाको तुमिन लिंगी निर्वाचन क्षेत्रमा सर्वाधिक मतदान

n60182435817136113193869c54922288c3dbc1ee609250b11f416b119a3f072764bdbe25610c91821822a0.jpg

गान्तोक: गान्तोक जिल्लाका सबै ८ निर्वाचन क्षेत्रमा शुक्रवार शान्तिपूर्ण ढंगमा मतदान सम्पन्न भयो। मतदान बिहान ७ बजी शुरू भएको थियो भने राति ११:५१ बजीसम्म चलेको बताइएको छ।

गान्तोक जिल्लाको तुमिन लिंगी निर्वाचन क्षेत्रमा सर्वाधिक मतदान भएको छ। यहॉं ८२.९ प्रतिशत मतदान रेकर्ड गरियो। यसरी नै सबैभन्दा कम मतदान गान्तोक निर्वाचन क्षेत्रमा भएको छ। यहॉं ६३.६६ प्रतिशत मतदान रेकर्ड गरियो।

यसैगरी, मार्ताम रूम्तेक निर्वाचन क्षेत्रमा ८०.७९ प्रतिशत, खाम्दोङ सिङताम निर्वाचन क्षेत्रमा ७८.९२ प्रतिशत, स्यारी निर्वाचन क्षेत्रमा ७६.८४ प्रतिशत, अप्पर बुर्तुकमा ७४.०९ प्रतिशत, अप्पर तादोङमा ७१.९ प्रतिशत र आरिथाङमा ६७.६२ प्रतिशत मतदान भएको छ। यसरी नै सङ्घ आसनको निम्ति ६७.१८ प्रतिशत मतदान रेकर्ड गरिएको छ।

About Author

Advertisement