गान्तोकमा सिम्फेडको ६९औं बोर्ड सभा सम्पन्न

IMG-20250405-WA0304(1)

गान्तोक: सिक्किम स्टेट कोअपरेटिभ सप्लाई अनि मार्केटिङ फेडरेसन (सिम्फेड) को ६९औं बोर्ड सभा आज राजधानीस्थित एक होटलमा सम्पन्न भयो। सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा संस्थाको आर्थिक कार्यसम्पादन र रणनीतिलाई अझ विस्तार गर्नुपर्ने पहलमाथि समीक्षा गरिएको थियो. उक्त सभामा विभिन्न सहकारी पहलहरूमार्फत क्षमता विकास र बजार व्यवस्थापन विस्तार विषयमा सदस्यहरूको ध्यान केन्द्रित गराए। यस अवसरमा संस्थाको गतिविधिहरू जनतासमक्ष पुऱ्याउनको निम्ति सिम्फेडको नाममा आधिकारिकरूपमा फेसबुक पेज शुरू गरिने र अहिले यसको निम्ति औपचारिकरूपमा स्वीकृतिको प्रतीक्षा रहेको उल्लेख गरे। सभाले अध्यक्ष भोटियाको नेतृत्वमा सिम्फेडले एक अग्रणी सहकारी संस्थाको रूपमा अझ सशक्त भएर काम गर्ने प्रतिवद्धता जाहेर गरेको छ।

About Author

Advertisement