गान्तोकः ‘मेरी माटी मेरा देश अभियान’ अन्तर्गत राज्यको शहरी विकास विभागको पहलमा गान्तोक मुख्यालयमा राष्ट्रिय झण्डा फहराइयो। यस अवसरमा विभागका सचिवले अधिकारीहरूलाई पञ्च प्राण- को शपत ग्रहण गराए।
उल्लेखनीय छ, केन्द्र सरकारले देशका निम्ति प्राणको आहुतीको दिनेहरूको सम्झना गर्न ‘मेरी माटी मेरा देश’ नामक कार्यक्रम शुरू गरेको छ। उक्त कार्यक्रम देशभरि नै एकैसाथ पालन गरिन्दै छ भने यस अवसरमा देशको निम्ति त्याग र बलिदान दिने बीर योद्धाहरूको स्मरण गरिने छ। सो कार्यक्रमको समापन आगामी १९ अगस्तको दिन हुनेछ भने राजधानीस्थित पाल्जर स्टेडियममा सो कार्यक्रम भव्यरूपमा पालन गरिने भएको छ।










