गान्तोकमा मनोनयन दर्ताको अन्तिम दिन, पाँच उम्मेदवारले भरे नामांकन

IMG-20240717-WA0003

गान्तोक: आगामी नगरपालिका निर्वाचन २०२६ अन्तर्गत मनोनयन पत्र दर्ता गर्ने आज अन्तिम दिन गान्तोक नगर निगम (जीएमसी) र सिङताम नगर पञ्चायतका लागि कुल पाँच जना उम्मेदवारले नामांकन दर्ता गरेका छन्।
नामांकन दर्ता गर्नेहरूमध्ये तीन जना भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार रहेका छन् भने दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
गान्तोक नगर निगम अन्तर्गत डीपीएच वार्ड (अनारक्षित), आरिथाङ–१ वार्ड (एसटी) र तादोङ वार्ड (एसटी) मा चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। डीपीएच वार्डका लागि सिर्जना छेत्री र बिन्ध्या सिन्चुरी, आरिथाङ–१ का लागि दावा शेर्पा तथा तादोङ वार्डका लागि पेम्पो दोर्जी लेप्चाले नामांकन दिएका छन्।
जीएमसीका २१ वटै वार्डमध्ये ती केही वार्डहरूमा मात्र प्रतिस्पर्धा हुने देखिएको छ भने अन्य वार्डहरूमा एक–एक उम्मेदवार मात्र रहेकाले निर्विरोध हुने सम्भावना देखिएको छ।
यसैगरी सिङताम नगर पञ्चायत अन्तर्गत पिपलडाँडा वार्ड (एससी) मा रजनी सिंह सिन्चुरीले मनोनयन दर्ता गरेकी छन्। एसएनपीका पाँचमध्ये केवल एक वार्डमा मात्र प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन कार्यतालिका अनुसार मनोनयन पत्रको जाँच आगामी १ अप्रिलमा हुनेछ भने मनोनयन फिर्ता लिने अन्तिम मिति ४ अप्रिल २०२६ तोकिएको छ।

About Author

Advertisement