गान्तोकमा प्री नामसुङ उत्सव सम्पन्न

IMG-20241222-WA0246

गान्तोक: जङ्गु हेरिटोजको तत्वावधानमा आज प्री नामसुङ उत्सव आयोजना गरियो। यस अवसरमा राज्यका सड़क एवं पुल मन्त्री एनबी दाहाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने जङ्गु निर्वाचन क्षेत्रका विधायक तथा वन मन्त्री पिन्छो नामग्याल लेप्चा,पद्मश्री जोर्डेन लेप्चा, संस्कृति विभागका मुख्य अभियन्ता रिम दोर्जी लेप्चा, एसकेएम विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चा, लगायत अन्यहरूको विशेष उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री दाहालले आफूलाई यस महत्वपुर्ण पर्वको अवसरमा आमन्त्रित गरेकोमा आयोजक समितिप्रति आभार व्यक्त गर्दै सबैमा नामसुङ उत्सवको शुभकामना दिए। कुनै पनि जातिको परम्परालाई संरक्षण र सम्बर्धन गर्न आवश्यक रहेको मन्त्व्य राख्दै लेप्चा जातिको यस महान पर्वको अस्तित्वलाई बचाएर राख्न मन्त्री दाहलले आग्रह गरे।

About Author

Advertisement