गान्तोकमा आठ दिवसीय अर्गानिक फुड समिट, बायर एण्ड सेलर मिट शुरू

IMG-20230511-WA0309.jpg

गान्तोक: सिक्किम वाणिाज्य एवं उद्योग विभागको तत्वावधानमा आठ दिवसीय सिक्किम अर्गानिक फुड समिट एण्ड बायर एण्ड सेलर मिट २०२३ को उद्घाटन आज राजधानीस्थित एक होटलमा सम्पन्न भयो। उक्त कार्यक्रममा अप्पर तादोङ क्षेत्रका विधायक जी. टी. ढुंगेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक जी. टी. ढुंगेलले यस प्रकारको महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवदा दिँदै कार्यक्रमको सराहना गरे। यसका साथै स्थानीय उद्धमीहरुले उत्पादनको क्षेत्रमा गरिरहेको प्रगतिको निम्ति बधाई दिए। सिक्किमको उत्पादनलाई विश्वसामु चिनाउने लक्ष्य लिएर उद्धमीहरुलाई गम्भीर भएर लागिपर्ने सुझाव दिए। सिक्किममा धेरै खेतीयोग्य जमिनहरु बाँझो स्थितिमा रहेकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा विभागले महत्त्वपूर्ण पहलहरु गर्नु पर्ने उनले थप सुझाव दिए।

कार्यक्रमको ओैचित्यबारे जानकारी गराउने क्रममा वाणिज्य एवं उद्योग विभागका सचिव कर्मा आर बन्पोले स्थानीय खाद्य पदार्थ र स्थानीय उद्धमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना गरेको बताए। राज्यमा उत्पादन हुने स्थानीय खाद्य पदार्थलाई विभिन्न खाद्य प्रशोधनको माध्यमद्वारा उत्पादन साथै संरक्षण गरेर राष्ट्र तथा अन्तर्राष्ट्रिय बजारहरुमा निर्यात गर्ने प्रयासमा विभाग लागिपरेको साथै स्थानीय उद्धमीहरुले यसमा महत भुमिका निर्वाह गरिरहेको थप जानकारी गराए। राज्यमा फुड टेस्टिङ ल्याब नभएकोले उत्पादकहरुले धेरै समस्या झेल्नुपरेको कुरा बताउँदै फुड टेस्टिङ ल्याब राज्यमा नै निर्माण हुन सके अझ बढी उत्पादन क्षेत्रमा बढोत्तरी भएर जाने मन्तव्य पोखे।

विभागका निर्देशक रवि कुमारले पनि सिक्किमको जैविक खेती साथै जैविक खाद्य पदार्थको महत्त्वबारे प्रकाश पार्दै स्थानीय उद्धमीहरुको उत्पादनमा उन्नति र वृद्धि हुन सकोस भनेर आजदेखि गान्तोकको मुख्य पर्यटकीय स्थल एम.जी मार्गमा विभिन्न खाद्य सामग्रीहरुको स्टल लगाएको बताए। यी स्टलहरुमा स्थानीय मानिसहरु साथै पर्यटकहरूकालागि विक्री वितरण र प्रदर्शन आगामी १८ मईसम्म रहने उनले जानकारी दिए।

About Author

Advertisement