गान्तोकमा अन्तर्राष्ट्रीय साहित्य महोत्सवको आयोजना

IMG-20241019-WA0240

गान्तोक: परी प्रकाशनले प्रतिकूल मौसमका कारण स्थगित गरेको अन्तर्राष्ट्रीय साहित्य महोत्सव आगामी २६ अनि २७ अक्टोबरको दिन आयोजना गरिने तय भएको छ। परी प्रकाशनका सम्पादक रत्न बहादुर रसाइलीले उक्त जानकारी गराएका हुन्। राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सम्पादक रत्न बहादुर रसाइलीले गत सेप्टेम्बर महिनामा आयोजना हुने उक्त कार्यक्रम विभिन्न कारणवश स्थागित गरेको र सो कार्यक्रम पुन आयोजना गरिने जानकारी गराए। उनले थप जानकारी गराए अनुसार गत सेप्टेम्बरमा आयोजना गरिने कार्यक्रम वर्षाको कारणले जताततै सडक अवरोध बनेपछि आयोजक समितिले उक्त कार्यक्रम स्थागित गर्न बाध्य बनेको थियो। यसै क्रममा परी प्रकाशनका उपाध्यक्ष सोनम दोङले आगामी दिनमा पालन गर्न गइरहेको दुई दिवसीय अन्तर्राष्ट्रीय साहित्य महोत्सव अन्तर्गत आयोजना गरिने विभिन्न प्रकारको कार्यक्रमबारे जानकारी गराए।

About Author

Advertisement