गान्तोकको विभिन्न स्थानमा उत्तरपूर्व युवा उत्सव कार्यक्रम

IMG-20250318-WA0282

गान्तोक: राष्ट्रीय सेवा योजना र खेलकूद एवं युवा मामिला विभागको संयुक्त पहलमा हिजोदेखि गान्तोकमा शुरू भएको आठौं उत्तरपूर्वी युवा उत्सवको दोस्रो आज चिन्तन भवनमा सम्पन्न भयो। कार्यक्रममा युवा सम्मेलन र सकरात्मक विचारमाथि ध्यान केन्द्रित गरिएको थियो। यस अवसरमा नशालु पदार्थको दुरुपयोग, जोखिम, देशको समग्र विकासमा यसको प्रभावबारेमा स्रोतवक्ताहरुले प्रेरणादायक सम्बोधन राखे। कार्यक्रमलाई सम्बोधन गर्दै खेलकूद एवं युवा मामिला विभागकी सचिव योगिता राईले युवाहरूका लागि महत्त्वपूर्ण कार्यक्रम ल्याएर दिशाबोध गरेको बताइन्। उनले युवाहरू केवल भविष्य मात्र होइनन्, तर राष्ट्रको मेरुदण्ड र परिचालक शक्ति हुन् भन्दै आयोजिक कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा अघि बढन प्रेरित गर्ने बताइन्। सचिव राईले विद्यार्थीहरूलाई सदैव आफूमा विश्वास गरेर जीवनमा जस्तोसुकै चुनौतीहरूको सामना गर्नुपरे पनि कहिल्यै हार नमान्न प्रेरित गरिन्। उनले विद्यार्थीहरूलाई आफूले गर्ने हरेक काममा उत्कृष्टता हासिल गर्न र आउँदो पुस्ताको लागि आदर्श र आशाको किरण बन्न सल्लाह दिइन्। कार्यक्रमा विभागका अतिरिक्त निर्देशक डा. आरबी विश्वकर्मा, भारत सरकारको युवा मामिला अनि खेलकूद विभागकी सचिव माधवी मोहन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement