गान्तोकका विधायक दिले नामग्यालको पहलमा गान्तोकमा रोजगार मेला

IMG-20250518-WA0273

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशन तथा गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्गपाको पहलमा आज राजधानीमा रोजगार भर्ती अभियान आयोजना गरियो। यस अवसरमा राज्यभरिका विभिन्न क्षेत्रबाट १८ बर्षदेखि माथिका युवाहरू यस रोजगार भर्ती अभियानमा सहभागी बने। उनीहरूको आ -आफ्नो शैक्षिक योग्यता सहित बेंगलुरू र गोवामा आधारित एप्पल आईफोन युनिटमा असम्बल प्रविधिज्ञका लागि अन्तर्वार्तामा सहभागी भए। एडीईसीसीओ एचआर फार्म र भारतीय उद्योग महासंघका प्रतिनिधिहरूले गान्तोक निर्वाचन क्षेत्रका विधायक कार्यालयका प्रतिनिधि रिन्छेन दोर्जी भोटियाको उपस्थितिमा अन्तरवार्ता र परामर्श सञ्चालन गरे।
राज्यका शिक्षित बेरोजार युवाहरूलाई राज्य बाहिर प्रतिष्ठित बहुराष्ट्रीय कम्पनीहरूमा काम पाउन सहयोग गर्नका लागि पहिलो पटक यस प्रकारको पहल लिएको विधायक बर्फुङ्गपाले पत्रकारहरुसितको कुराकानीमा बताए। राज्यका शिक्षित वेरोजगार युवाहरूलाई राज्य बाहिरको प्रतिष्ठित कम्पनीमा काम दिलाउने उद्देश्यले केही दिनदेखि कुराकानी चलिरहेको र अन्ततः आज यी कम्पनीका प्रतिनिधिहरूले समय निकालेर आएको उनले बताए।
राज्य बाहिर काम गर्न जाने युवाहरूको सुरक्षाको जिम्मेवारी स्वंयले लिने तर कार्यालयदेखि बाहिर गएर कुनै प्रकारको नराम्रो कार्य गरेकोमा त्यसको जिम्मेवारी आफूले नलिने विधायक बर्फुङ्गपाले बताए। यदि कम्पनीमा कार्य गर्ने क्रममा कुनै प्रकारको घटना घटेको खण्डमा विधायक स्वयले गएर त्यसमा हस्तक्षेप गर्ने र न्याय दिलाउन आफ्नो तर्फबाट कुनै कसर नछोडने उनले प्रतिवद्धता जाहेर गरे। देशको विभिन्न कम्पनीहरूमा सिक्किम राज्यबाट तीनसय जना किशोरी र एक सय जना किशोरको आवश्यकता परेको हुनाले बेरोजगार युवाहरूलाई केही सहयोग पुगोस् भन्ने ध्येय राखेर आफूले यस प्रकारको पहल शुरू गरेको उनको भनाइ रहेको छ।

About Author

Advertisement