गाड़ी भाँडा लगायत गाड़ी विषयमा कप्लेन गर्न परे सेण्डीकेटमा आएर कप्लेन गर्न सक्नेछन्: तिलक गुरुङ

खरसाङ: खरसाङदेखि सिलगढी कुद्ने ट्याक्सी गाड़ीको सेन्डीकेट अनइम्प्लोइज ट्राभर्स एजेन्सीका सभापति तिलक गुरुङले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै केही दिन अघि सेन्डीकेटको एउटा गाड़ीले भाँडा बेसी लियो भनेर लिखित गुनासो गरेको तर कसले गरेको अनि कुन गाड़ीले बेसी लिएको कुनै याद नभएको बताएका छन्। उनले बताए अनुसार खरसाङदेखि सिलगढी जाने गाड़ीले २०० रुपियाँ भाँडा लिएको आरोप रैछ तर कुन गाड़ीले लियो कुनै नामबिना नै गुनासो रहेकोले हामीले कार्वाही गर्न नसकेको बताए। उनले लिखित रूपमा गुनासो गर्ने व्यक्तिले पनि कुनै नाम नदिएको बताउँदै कप्लेन चाहिँ डीएम, एसपी, खरसाङ महकुमा शासक, खरसाङ पुलिस थानाको आईसी, खरसाङ ट्राफिक पुलिस, हामीलाई पनि साथै उत्तर बंगालको आईजीलाई पनि दिएको बताएका छन्। उक्त कम्लेनमा हाम्रो सेण्डीकेटको नाम लिएको रैछ तर कुन गाड़ी हो स्पष्ट नबताएको उल्लेख गरेका छन्। तर यसबारेमा हामीलाई पनि थाहा छैन, हामी पनि अन्यौलमा छौं कि कसले कम्लेन गरेको र कुन गाड़ी गाड़ीले भाँडा बेसी लियो भनेर। त्यसैले कसैले पनि गाड़ीको विरूध्दमा कप्लेन गर्छ भने गाड़ीको नम्बर, चालकको नाम सोधेर मोटर स्ट्याण्डमा रहेको हाम्रो सेण्डीकेटमा आएर भनेको खण्डमा म सभापतिको हैसियतमा कार्वाही गर्नेछु भनी बताएका छन्। सभापति तिलक गुरुङले यदि कसैले गाड़ी भाड़ा बेसी लिएको अथवा अन्य कुनै पनि कप्लेन भएमा अनइम्प्लोइड ट्राभल्स एजेन्सीको सभापति म तिलक गुरुङ र सचिव नारायण प्रधान समक्ष कप्लेन गर्न सक्नेछन् भनी बताएका छन्। गुरुङले कुनै पनि कप्लेन सोझै उच्चाधिकारीहरूलाई गर्नु अघि हामीलाई आएर भेट्नु सक्नु हुन्छ हामी कार्वाही गर्नेछौं भनी बताएका छन्। उनले बताए अनुसार खरसाङदेखि सिलगढी जाने गाड़ीको गाड़ी भाँडा अहिले १५० रुपियाँ रहेको र एउटा गाड़ीमा ८ जना हाल्ने गरेको बताएका छन्।

About Author

Advertisement