गाउँले मिलेर बनाएको बाँसको फड्के पनि बगाएपछि फेरि कालापानी बन्यो लालमाटी

Screenshot_20240522_180330_WhatsApp.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी अधीनस्थ पर्ने अनि अम्बटे चियाबारीबाट लगभग ६ किलोमिटर टाढामा अवस्थित लालमाटी गाउँ फेरि अन्य ठाउँहरूबाट सम्पर्कविहीन बनेको छ। आज परेको पानीले गाउँ नजिकै रहेको बालासान खोला उर्लेर आए पश्चात गाउँलाई अन्य ठाउँसँग जोड्ने गाउँले मिलेर बनाएको एकमात्र बाँसको पुल पनि बगाएर लगे पश्चात सम्पर्कविहीन बनेको छ। हरेक बर्खायाममा लालमाटी एउटा दुख्दो कथा बोकेर सम्पर्कविहीन बन्छ। आजसम्म पुल अनि बाटो निर्माणको निम्ति सम्बन्धित सम्पूर्ण विभागहरूमा लिखित आवेदन बुझाए पनि कसैले कुनै पहल नगरिदिएको गुनासो गर्छन् लालमाटीवासी। उक्त गाउँको सामान्य समस्याहरूमाथि विभिन्न संघ-संस्था एवं व्यक्ति विशेषले पहल गर्ने कोशिष गरिरहेको भए तापनि हालसम्म सरकार एवं सम्बन्धित विभागको कुनै सरोकार एवं पहल भएको छैन भनी स्थानीयहरूले बताएका छन्। गाउँवासीको समस्यालाई सरकार अनि सम्बन्धित विभागले चाँडोभन्दा चाँडो समाधान गरिदिने गाउँवासीले निवेदन समेत गरेका छन्।

About Author

Advertisement