गाउँलेहरुसंग अजयले मनाए जन्म दिन

IMG-20230509-WA0277.jpg

तपाईले संधै जन सेवा गर्नु हुन्छ,तपाईको संधै जय होस भन्दै ९५ बर्षको बुजुर्गले दिए आर्शिबाद

दार्जीलिङ: हामीले धेरै नेताहरूलाई बाटोको समस्याको विषयमाथि अवगत गरायौ तर हाम्रो अनुरोधलाई कसैले सुनुवाई गरी दिएन। तपाईले सधै जन सेवा गर्नु हुन्छ तपाईको सधैं जय होस भन्दै ९५ बर्षको वृद्व बुजुर्गले अजय एडवर्ड्सको शिरमाथि हात राखे। ग्रामबासीहरूको अनुरोधमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले पहाड़को ग्रामिण क्षेत्रहरूको भ्रमण गर्दै आईरहेको छ। यसैक्रममा आज रंगबुल धोतरिया समष्टिको भ्रमणमा निस्केका थिए। यस अवधि पार्टी अध्यक्ष अजय एडवडर्ससंग पार्टीको शीर्ष नेतृत्वहरूको पनि उपस्थित रहेको थियो। रंगबुल धोतरिया समष्टि अन्तर्गत कलेज भ्याली गाउँमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई भव्य स्वागत जनाए। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको आज जन्म दिन रहेको अघिबाटै थाहा पाएको हुनाले गाउँलेहरूको बाक्लो उपस्थितिमा जन्म दिन मनाई दिए।

यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको हातद्वारा केक कटाइ अनि जन्म दिनको बधाई अनि शुभकामना दिए।यस अवधि कलेज भ्याली गाउँको ९५ बर्ष पुगेका एक वृद्व बुजुर्ग ब्यक्तिले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्ससंग कुराकानी गर्ने क्रममा हामीले हाम्रो क्षेत्रमा बाटोको समस्या रहेको अवगत गराउँदै धेरै नेताहरूलाई समस्याको समाधान गरी दिने अनुरोध गरयौ तर हाम्रो अनुरोधलाई कसैले सुनी दिएनन्। तपाईले संधै जन सेवा गर्नुहुन्छ तपाईको संधै जय होस भन्दै एडवर्ड्सको शीरमा हात राख्यो।स्थानीय गाउँलेहरूले पनि अजय एडवर्ड्सको सुस्वास्थ्यको कामना गर्दै प्रार्थना गरयो।

About Author

Advertisement