गाउँबीचबाट साम्भर हरिण उद्धार

HH_HMP11HMP14_1573498734_1573498734.jpeg

कालचिनी: जङ्गलबाट बाटो अल्मलिएर शनिबार दिउँसो गंगुटिया चियाबारीको गोदाम लाईनमा पसेको एउटा साम्भर हरिणलाई गाउँलेहरुले देखेपछि गाउँभरि हल्लाखल्ला मच्चियो। गाउँलेहरुले उक्त साम्भर हरिणलाई समातेर यसको जानकारी वन विभागलाई दिँदा घटनास्थलमा पाना रेञ्जका बनकर्मीहरु पुगेर उक्त साम्भर हरिणलाई सकुशल उद्धार गरेर राजाभातखावा पुऱ्यायो। पशु चिकित्सा केन्द्रमा उपचार गरेपछि यो स्वास्थ्य रहेकोले उक्त साम्भर हरिणलाई राजाभातखावा कोर जङ्गलमा लगेर छाड़िएको वन विभागले जनाकारी दिएको छ। उद्धार भएको उक्त साम्भर हरिण सेमि एडल्ट नर रहेको वन विभागले जनाएको छ। सम्भवतः बक्सा जङ्गलबाट चर्दै आइरहेको क्रममा कमानमा पसेर बाटो भूलेर गाउँमा पस्न पुगेको अनुमान वन कर्मीहरुले लगाएका छन्। यद्यपि गाउँलेहरुको सहयोगमा यसलाई उद्धार गर्न वन विभाग सफल भएकोमा वन विभागले गाउँसेहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement