दार्जीलिङ: हिजो परेको पानीको कारण वार्ड दार्जीलिङनम्बर १४ लोवर तुङसुङ हली गाँउ मा नाला झोडा बुच्चिएको कारण गाउँका घरहरूमा मैला पानीको भल पसेको कारण स्थानीयबासीहरू चिन्तित बनेका छन्। बलासनकाे पानीको पाइप लाइन सोही झोडबाट लागिएको साथै गाँउ माथि भएका होटलहरूले आफ्नो होटेलको मैला सोही झोडामा फाल्ने गरेको कारण नै क्षेत्रबासीहरूले यस्तो प्रकारको समस्या झेल्न परिरहेको स्थानीयबासीहरू बताउँछन्। पटक-पटक दार्जीलिङ नगरपालिकालाई उक्त समस्याबारे जानकारी गराउँदा पनि समाधान नभएको गुनासो बताउँदै पुनः नगरपालिका समक्ष उक्त समस्याकाे समाधान गरिदिने अपिल ग्रामबासीहरूले गरिरहेका छन्।








