गम्भीरको समर्थनमा अघि आए ब्रेण्डन म्याककुलम

IMG-20250121-WA0130

काेलकत्ता: ईंग्ल्याण्डका प्रशिक्षक ब्रेण्डन म्याककुलमले भारतीय प्रशिक्षक गौतम गम्भीरलाई उत्कृष्ट नेतृत्वकर्ता बताउँदै उनको मार्गदर्शनमा भारतीय क्रिकेट टीमले निकट भविष्यमा असल प्रदर्शन गर्ने दावी गरे। गत वर्ष टी२० वर्ल्ड कपपछि गम्भीरलाई सबै प्रारूपको निम्ति भारतीय सीनियर पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो तर गत केही महिनामा न्यूजील्याण्ड र अष्ट्रेलियाविरुद्ध टेस्ट सीरीजमा निराशाजनक हारले उनी दबाउमा रहेका छन्। यसबीच काेलकत्ता नाइट राइडर्स (केकेआर)-मा एकसाथ खेलिसकेका आफ्नो पूर्व साथी गम्भीरको प्रशंसा गर्दै म्याककुलमले भारतीय प्रशिक्षकले आफ्नो भूमिका असल तरिकाले निर्वाह गर्ने बताए। म्याककुलमले भने, मैले गम्भीरसँग काम गरिसकेको छु अनि उनी असल नेतृत्वकर्ता हुन्। यसअघि पनि उनलाई कुनै जिम्मेवारी सुम्पिइँदा उनले त्यसलाई असल तरिकाले निर्वाह गरेका छन्। उनको नेतृत्वमा टीमले सदा असल परिणाम हासिल गरेको छ। उनी हालै टीमका प्रशिक्षक नियुक्त भएका छन् अनि यस महत्त्वपूर्ण पदमा उनले केही समय अवश्यै पाउनु पर्छ। उनले आफ्नो प्रतिभाद्वारा सर्वश्रेष्ठ प्रदर्शन गर्ने कुरामा मलाई कुनै सन्देह छैन। त्यसपछि हामीले (ईंग्ल्याण्ड) नै उनीहरूको सामना गर्न नयाँ तरिका खोज्नु पर्नेछ कारण उनीहरूको खेल्ने शैली हामी जस्तै रहेको छ। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच बुधवार (२२ जनवरी)-देखि ५ वटा टी२० म्याचको सीरीज खेलिनेछ। पहिलो म्याच कलकत्ताको ईडन गार्डन्समा हुनेछ।

About Author

Advertisement