गत वर्षको दुर्घटनाबाट शिक्षा लिँदै स्टेडियममा एआई क्यामेराहरू लगाउने आरसीबी-को फसेला

IMG-20260117-WA0044

बेंगलुरु: आईपीएल २०२६ अघि रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले भीड़ प्रबन्धन र प्रशंसकहरूका सुरक्षालाई लिएर ठूलो कदम उठाएको छ। टीमले चिन्नास्वामी स्टेडियममा ३००-देखि ३५० वटा एआई सक्षम क्यामेरा लगाउने प्रस्ताव दिएको छ। यो फसेला गत वर्ष आरसीबीको खिताबी जीतपछि चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौड़को स्थिति र अव्यवस्थाबाट शिक्षा लिएर लिइएको छ, जसमा धेरैले ज्यान पनि गुमाएका थिए। आरसीबी-ले यस सम्बन्धमा कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)-लाई औपचारिक प्रस्ताव पनि पठाएको थियो। प्रस्ताव अनुसार, यी अत्याधुनिक एआई क्यामेरा स्टेडियम भित्र अनि बाहिर भीड़को आमन-गामनमाथि नजर राख्नेछ, लाइनमा उभिनेहरूमा अनुशासन कायम राख्नमा सहायता गर्नेछ अनि अनाधिकृत प्रवेशलाई रियल टाइममा ट्र्याक गरिनेछ। यसले कानून-व्यवस्था सम्हाल्ने एजेन्सीहरूलाई भीड़ नियन्त्रणमा धेरै सहायता पुग्नेछ। यो एआई-आधारित नजरदारी प्रणाली भीडियो, अडियो र टेक्स्ट डेटाको विश्लेषण गरेर कुनै पनि संदिग्ध गतिविधिलाई तुरन्त पत्तो लगाउने सक्षम हुनेछ। हिंसा, घुसपैठ, अनाधिकृत प्रवेश या अन्य कुनै आपात स्थितिको शुरुवाती पहिचान हुनको साथै सुरक्षा एजेन्सीहरूले तुरन्त कार्वाही गर्न सक्नेछ, जसले ठूलो दुर्घटनालाई रोक्न सकिनेछ। आरसीबी-ले यस पूरा परियोजनाको एकमुष्ट खर्च टीम आफैले वहन गर्ने पनि स्पष्ट गरेको छ, जसको अनुमानित लागत लगभग ४.५ करोड़ रुपियाँ हुनेछ। यसको निम्ति आरसीबी-ले टेक्नोलजी कम्पनी एसटाकसँग साझेदारी गरेको छ, जसले पहिला पनि धेरै राज्य पुलिस बलहरूसँग मिलेर सार्वजनिक सुरक्षासँग सम्बन्धित परियोजनाहरूमा काम गरिसकेको छ। आरसीबी-को भनाइअनुसार, यस तक्निकी एकीकरणले चिन्नास्वामी स्टेडियममा भीड़ प्रबन्धनको मानक एउटा नयाँ स्तरमा पुग्नेछ अनि दर्शकहरूलाई एउटा सुरक्षित, व्यवस्थित र निर्बाध म्याचडे अनुभव प्राप्त हुनेछ।

About Author

Advertisement