गणेश र कुञ्जमानको उत्कृष्ट प्रदर्शनले क्वार्टर फाइनलमा पुग्यो सुन्तले एफसी

IMG-20240920-WA0266

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको म्याचमा सुन्तले फूटबल क्लबले आयोजक प्रगति युवा संघविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट गणेश लिम्बु र कुञ्जमान थापाले २-२ गोल गरे। यसमा गणेशले म्याचको तेस्रो र नवौं मिनटमा गोल गरे। यसरी कुञ्जमानले ४०औं र ६०औं मिनटमा गोल गरे। आयोजक पीवाईएस-बाट रुपक तामाङले सातौं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement