गणेशको भक्तिमा डुबिन् काचा बदामकी अञ्जली

0-Anjali-Arora

मुम्बई: इन्टरनेट सेन्सेसन अञ्जली अरोड़ा हालै कथित एमएमएसका कारण चर्चामा थिइन्। सो भिडियो उनको नाममा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। यद्यपि अभिनेत्रीले उक्त एमएमएस फेक भनेकी थिइन्। यससँगै उनीविरुद्ध साइबर पुलिसमा मुद्दा पनि परेको छ। अहिले नायिकाको अर्को भिडियो सार्वजनिक भएको छ, जसका लागि मानिसहरुले उनलाई धेरै भन्दैछन्। वास्तवमा अञ्जली अरोड़ा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। हालै उनले आफ्नो एउटा भिडियो सेयर गरेकी छिन्। जसमा उनी गणपति बाप्पाको पूजा गरिरहेको देखिन्छिन्। सलवार सूट लगाएकी, दुपट्टाले टाउको छोपेर, अञ्जली अरोड़ा भगवान गणेशको आरती गर्दै देखिन्छिन्। यस्तो अवस्थामा मानिसहरुको कमेन्ट आउन थाल्यो। जहाँ उनका फ्यानहरुले उनको भरपुर प्रशंसा गरे छन्l यसै क्रममा केही प्रयोगकर्ताले उनको आलोचना गरेका छन्।

About Author

Advertisement