खरसाङ: भारतीय नाट्य संसारको प्रतिष्ठित नाट्य संस्था खरसाङको जागृति परिवारले देशको ७५औं गणतन्त्र दिवसको अवसरमा आफ्नो भवनको परिसर साथै यससित संलग्न बाटोमा सफाई अभियान चलायोl सबैभन्दा पहिला आफ्नै घर परिसर सफा राखौं भन्ने सन्देश प्रचार गर्न आफ्नै भवन परिसरमा सफा गर्ने कार्य गरेको होl यो सफाई कार्य स्वच्छ भारत अभियानबाट नै प्रेरित रहेको जागृति परिवारका संस्थापक साथै सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपमले बताएका छन्l सबैले आफ्नो क्लब, संस्थाका परिसरमा सफाई अभियान चलाएर आफ्नो गाउँठाउँलाई सफा राख्ने आहवान उनले गरेका छन्l भारतीय नेपाली नाटकको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जागृति परिवारले तीन दर्जन भन्दा बढी पूर्णाङ्की नाटकहरू साथै थुप्रै लघु नाटकहरू गरिसकेको छl

सन् १९७३ मा स्थापना भएको जागृति परिवारले ५० वर्ष पूरा गरिसकेको छl गत वर्षदेखि यस वर्षसम्म एक स्वर्ण वर्षको कार्यक्रम गरिसकेको छl २६ जनवरीमा गरिएको सफाई कार्यमा परिवारका सदस्यहरूदवारा गरियोl यस्तो सफाई कार्य फेरि पनि गर्ने भएको छl









