गडकरीले विश्वकै पहिलो सय प्रतिशत इथेनल इन्धन भएको कार लञ्च गरे

Worlds-first-100-ethanol-powered-car-launched-in-India-Nitin-Gadkari.webp.png

नयाँ दिल्ली: केन्द्रिय मन्त्री नितिन गडकरीले मंगलवार यहाँ दुनियाँकै पहली सय प्रतिशत इथेनल-इन्धन भएको कार लञ्च गरे। टोयोटा किर्लोस्कर मोटरले बीएस-६ (BS-VI) (स्टेज-२)(Stage – II) ”इलेक्ट्रिफाइड फ्लेक्स फ्यूल व्हीकल”-लाई विकसित गरेको हो।

यस अवसरमा गडकरीले विश्वको पहिलो प्रोटोटाइपको अनावरण गरेपछि भने, आज विश्वकै पहिलो बीएस-६ (स्टेज-२), विद्युतीकृत फ्लेक्स-इन्धन वाहन लञ्च हुनु भनेको देशको लागि ऐतिहासिक दिन हो। उनले भने, भारत आत्मनिर्भर देश हुनको लागि आयातलाई शून्यमा ल्याउन आवश्यक छ। उक्त कार्यक्रममा केन्द्रियमन्त्री हरदीप सिंह पुरी तथा अन्य नेताहरू पनि उपस्थित थिए।

About Author

Advertisement