गज़ल

00-1-Gazal-1-1

(सिक्किम अनि टिस्टाका पीडितहरूप्रति सम्वेदना प्रकट गर्दै अनि शीघ्र पुनर्वास र सामान्य जीवनको निम्ति प्रार्थनासहित)

भौतिक विकासले ल्याएको विनाशले रुवाउँदैछ आज

गाउँ अनि शहर हेर्दा हेर्दै भल बाढीले डुबाउँदैछ आजl  

सयमा पुगेको परिवार शून्यमा झरे बोक्रे त्यो विकासले

गएर हेर बाँचेको घर परिवारलाई के खुवाउँदैछ आजl

प्राकृतिक होस् वा मानवकृत प्रकोप,राजनीति नै माथि

झोले र सेनेमेनेले नै नेताको नैतिकता तुहाउँदैछ आजl

ए झोले हो,तिम्रो स्वार्थ अलिक पर राख आपदको बेला

पीडितले सर्वस्व गुमाएर दुःखको आँसु चुहाउँदैछ आजl

सुन्दर,शान्त प्रकृतिसित खेलवाड गर्नु हुँदैन भन्ने बुझेनौ

धेर विकास गर्ने भएर प्रकृतिको स्रोत नै कुहाउँदैछ आजl

पहाड़, पहाड़ नै हो मधेस जस्तो हुँदैन,यति नबुझ्ने हामी

भन छात्ती ठोकेर विकासले कहाँ कति सुहाउँदैछ आजl

About Author

Advertisement