गज़ल

00-1-Gazal-1-1

अभिशापलाई त वरदान भन्दैछौं हामी

लुच्चालाई पनि भगवान् गन्दैछौं हामी

दुइ नम्बरी पैसामा आफूलाई बेचेर यहाँ

सन्तानको निम्ति खाडल खन्दैछौं हामी

पिउनको नोकरी धरी मधेसकैलाई दिएर

भूमिपुत्र भई अल्पसंख्यक बन्दैछौं हामी

भुले नेता भनाउँदाले जातिको मान मर्यादा

अरूको खटनमा बाँच्न पर्दा  कन्दैछौं हामीll

About Author

Advertisement