गज़ल

00-1-Gazal-1

छल गर्नु थियो भने माया लायौ किन?

सपनी बिपनीमा मेरो गीत गायौ किन?

शिशिरमै सुन्दर थिएँ जे  भए पनि प्रिये

क्षणभरलाई नै वसन्त बनी आयौ किन?

निभाउनु थिएन रहेछ देवरालीको कसम

त्यसै हो भने व्यर्थै त्यो कसम खायौ किन?

ठीकै , मिलेन मसित तिम्रो भावना लौ

सस्तो बनी जहीं-तहीं तिमी छायौ किन?

मेरो चाहनाको केही मूल्य थिएन भने भन

मेरो सुखी संसारको आँगनमा धायौ किन?

About Author

Advertisement