गजल

0-0-Art-1

मनले चाहेको जस्तै संसार कहाँ छ र

किनौँ कसरी खुशी त्यो बजार कहाँ छ र।

हराएको  सम्बन्धमा खुशी खोज्दैछु आज

पहिलेजस्तै तिम्रो मेरो प्यार कहाँ छ र।

चर्केपछि ऐना पनि दाग बोकेर बाँच्छ भने

गल्ती स्वीकार गर्ने ह्रदय अपार कहाँ छ र।

अनगिन्ती ती यादहरूको छाल पोखिरहन्छ

त्यो छालदेखि बाँच्ने मेरो किनार कहाँ छ र।

आधा अधुरो दिन छ जलेको छ त्यो रात

साँझमा मदिरा छ याद छ यार कहाँ छ र।

भाग्यमा जे छ त्यही नै हुने हो जिन्दगीमा

सधैँ राम्रो देख्ने त्यो श्रृगार कहाँ छ र।

About Author

Advertisement