गजल

0-Untitled-1

मेरो गजलको कहिले शर्षिक हुँदैहुँदैन

लेख्नु त लेख्छु कहिले मुक्तक हुँदैहुँदैनl

हरेक वर्ष बनाएकै हुन्छन यी बाटाहरू

तर खै हेर, यहाँ राम्रो सडक हुँदैहुँदैन।

चाहाना, माया, मन हुन्छ उसको पनि

किन भन्छ विधवाको बिहे भरसक हुँदैहुँदैन।

अचेल गजल कविता लेख्नेले सोच्नुपर्नेछ

बाचन गर्दा यहाँ किन दर्शक हुँदैहुँदैन।

आश्वासन र विकासको घुट पनि कति पिउनु

खोसिन्दैछ अस्तित्व गर्छौ नाटक हुँदैहुँदैन।

आफ्नो काम छोडी संगठन चलाउने गुरूबा

तिमी अभिनेता या नेता बन शिक्षक हुँदैहुँदैन।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

About Author

Advertisement