
जिन्दगी साज हो बजाउन जाने मीठो धुन निस्किन्छ
मीठो धुनको सरगमहरूमा नै ईश्वरीय गुण निस्किन्छ
हो, दुःखमा विरहको धुन निस्किन्छ त्यही साजबाट
दुःखलाई जिती बजाएमा शारदीय जून निस्किन्छ
कला हो साज बजाउनु सुन्दर जीवन बनाउनलाई
कतिको भने यही कलाबाट रोटी र नून निस्किन्छ
अभ्यस्त हुन्छन् औंलाहरू मीठो धुन निकाल्नलाई
अथक साधना गरे फलामबाट पनि सुन निस्किन्छ
सङ्गीतमा छ दिव्य शक्ति,साहित्यमा पनि छ त्यही
यी दुइको सही संगमले मनको सबै घुन निस्किन्छll








