गजल

00-1-Gazal-1

हजूर, साल मात्रै नयाँ हो दुःख पीर त  उही  हो

अभाव,अपुग र समस्याहरुको झीर त उही हो

आजको दिन शुभेच्छा शुभकामना चढाए पनि

अरू दिन मुटु बिझाउने शब्दको तीर त उही हो

एकदिनको रमझम बाँकी दिन भने कुनि कस्तो

जनतालाई लुटेर भए पनि खाने खीर त उही हो

सम्पन्नहरूको हरेक दिन नै नयाँ वर्ष जस्तो हुन्छ

विपन्नहरूको पो कठै फुटेको तक्दीर त उही हो

हरिबिजोग छ जातिको नयाँ साल के मनाउनु र

आज हाँसेर नाचे पनि आँखाको नीर त उही हो

तैपनि रमाउनु र खुशी मनाउनुपर्छ आशा साँचेर

बिन्दास हुनुपर्छ नी आखिर जाने भीर त उही होll

About Author

Advertisement