गजल

00-1-Gazal-2

बीस प्रतिशत होइन सोह्र प्रतिशत बोनस पायो हजूर

तरैपनि नेताले सरकार र मालिकको गुण गायो हजूर

आफ्नो हक-अधिकार पाउन पनि अनशन बस्न पर्ने

सत्ते होला चाडमा कति  घरमा अँध्यारो छायो हजूर

उहिलेदेखि चलिआएको प्रथा भन्छन् कमिशन खानु

त्यसैको लोभमा नेताले मालिकसँग मीत लायो हजूर

कस्तो विडम्बना हकको निम्ति आन्दोलन गर्नु नै पर्ने

आन्दोलन गर्दानि निर्दोषले जेलको हावा खायो हजूर

त्यही सोह्र प्रतिशतमा पनि श्रेय लिनेको भीड देखियो

त्यसले होइन हाम्रोे पार्टीले गरेको भनी मुख बायो हजूर

About Author

Advertisement