गजल

00-1-Gazal-1

गधालाई सिंह बनाउने हुँदा नै हाम्रो दुर्गति भयो

सिंहहरूको हर किताब नमिल्दा पो बिमति भयो

घोर कलियुग अरे यो हुने नहुने सबथोक हुन्छरे

त्यसैले होला रावण आज सुपर्णखाको पति भयो

गधालाई सिंह बनाएपछि श्यालहरुको भो रगरगी

श्यालहरूको बेमेल रगरगीले सिंहको  खति भयो

हे भगवान! देऊ न असल बुद्धि र ज्ञान हामीलाई

मान्छेको जुनी लिएर पशु झैं जिउनु त अति भयोll

About Author

Advertisement