गजल

छात्तीमा टेकी जातिको मनोमानी गर्छौ कति

नजरदेखि आफैआफ मानहानी गर्छौ कति।

पैसामा मात्र बक्ने तिम्रो हरेक वचनहरू

जनतालाई अन्योलमा राख्ने कहानी गर्छौ कति।

केही गर्छु भन्दै निस्केछौ आखिर गर्ने हो के

मुद्दा बेची कमाएर धन आनाकानी गर्छौ कति।

बाकी रहेको कुरा अब तिम्रो के के सुन्नु हामी

शकुनीको निति त्यो जानीजानी गर्छौ कति।

चर्चित त भयौ जातीय अस्मिता दावमा लगाई

भन अब कस्तो कस्तो चाहाने बानी गर्छौ कति।

About Author

Advertisement