दार्जिलिङ: गोरामुमोले दागोपाप कालमा बनिएको भौतिक पूर्वाधारहरुलाई सर-सफाइ गर्ने कार्यलाई जारी राख्दै गंगामाया पार्क सर-सफाई अभियान जारी राख्दै आज तेस्रो दिन पुगेको छ। यसै सन्दर्भमा बोल्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी सदस्य पुरण राईले भने, डाली फाटक देखि ७ किलोमीटरको दुरिमा गंगामाया पार्कसम्म पुग्ने संडक मार्गको दुर्दशा चिन्ताजनक अवस्थामा रहेको छ। जीटीएले साँच्चै नै गंगामाया पार्कलाई हेलाहोंचो गरेको छ। दागोपापको समयमा पर्यटकहरुको घुइँचो लाग्ने तर अहिले यहाँ पर्यटकहरुको आगमन शुन्य अवस्थामा पुगेको छ। त्यस समय पर्यटकहरुको निम्ति सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिन्थ्यो तर अहिले पार्कको स्याहार सुसार छैन।दागोपापको समयमा एक सय साट्ठीजना कर्मचारीहरू रहेका थिए। तर अहिले तीसजना पनि नभएको पुरण राईले जानकारी दिएका छन्। जीटीएले यसरी पर्यटक स्थलहरुलाई संचालन गर्न नसक्नु भनेको दुर्भाग्यको कुरा हो भनी पुरण राईले जनाएका छन्। गंगामाया पार्कमा अवस्थित फाउन्टेन पार्क तितेपाती घारीमा परिणत भएको गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका सदस्य बुद्ध येल्मोले जानकारी गराउँदै भने, संस्थापक अध्यक्ष सुवास घिसिङले शहीद गंगामायालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको नाममा बनिएको पार्कलाई हेलाहोंचो गरेको देख्दा दुःख लाग्छ। एउटा शहीदलाई सम्मान् दिनु नसक्नेहरुले विकासको ढोल पिट्दै हिड्छ। बनिएको कुरालाई मर्मतसम्म गर्नु नसक्ने जीटीए जस्तो ब्यवस्थामा रमाउनेहरुले जनताको के भलो गर्छ। हामीले पार्क सर-सफाइ गर्नुको मुख्य उद्देश्य भनेको हाम्रो सम्पत्तिको संरक्षण गर्नु हो र जीटीएले यसलाई मर्मत गरि पुनः संचालनमा ल्याए जीटीएलाई नै फाइदा हुनेछ।

गंगामाया पार्कमा रहेको जेनेरेटर जीर्ण अवस्थामा रहेको र यो लाखौं रुपियाँ खर्च गरिएको हो अहिले यो अचल रहेको जानकारी गराउँदै गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवालले यसको संरक्षण स्थानीय बासिन्दाहरुले पनि गर्नु पर्ने अपिल गरे। सुवास घिसिङले दार्जीलिङ पहाड भरि जति पनि पर्यटक स्थलहरु छन् जीटीएको पर्यटन विभागले एकदमै हेलचेक्राई गरेका छन्। यो एउटा सोच्नु पर्ने विषय बनेको छ। यो हाम्रो सम्पत्ति हो र यसलाई संरक्षण गर्नु पर्ने हाम्रो सोच राख्नुपर्छ भनी सुरज कटुवलले अपिल समेत गरेका छन्।








