ख्रीष्टमा मिलाप मिनिष्ट्रीको चौथो स्थापना दिवस एवं जागृति सेवा सम्पन्न

IMG-20260214-WA0110

खरसाङ: ख्रीष्टमा मिलाप मिनिष्ट्रीको चौथो स्थापना दिवस तथा जागृति सेवा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। २०२१ को दिसम्बरदेखि आमा झुण्डद्वारा शुरु गरिएको ख्रीष्टमा मिलाप मिनिष्ट्रीको चौथो स्थापना दिवस तथा जागृति सेवामा मुख्य वक्ताको रूपमा सिक्किमबाट पास्टरनी आमा लक्की दानियल छेत्री उपस्थित थिइन् भने प्रशंसा अनि आराधनामा सिलगढीबाट पास्टर प्रमोद राई उपस्थित रहेका थिए। एल्डरनी आमा सुजु सिंहले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पास्टरनी आमा एलिसिभा सुनामले राखेकी थिइन्। कार्यक्रममा विभिन्न गीत, नृत्यहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित सिक्किमकी पास्टरनी आमा लक्की दानियल छेत्रीले बाईबलबाट सन्देश प्रचार गर्दै मत्तीको ८ अध्यायको ५ देखि १० पदसम्म र यर्मिया १ को ९ पदबाट सन्देश बाँडेका थिए। उनले वचन एउटा बीऊ हो र बीऊले काम गर्ने बताइन्। उनले आमाहरुलाई उत्साह दिन्दै आमाहरुलाई सेवाकाईमा अघि बढ्ने आह्वान् गरिन्। उनले ख्रीष्टमा मिलाप मिनिष्ट्रीको राम्रो भएर जाने बताइन्। शुरुको प्रार्थना रेभरेन्ट सिमोन मुखियाले गरेका थिए भने अन्तिम प्रार्थना पास्टर जोहन सुब्बाले गरेका थिए। कार्यक्रममा ख्रीष्टमा मिलाप मिनिष्ट्रीको तर्फबाट प्रमुख वक्ता पास्टरनी आमा लक्की दानियल छेत्री, पास्टर प्रमोद राई लगायत ख्रीष्टमा मिलाप मिनिष्ट्रीको आमाहरुलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा सिक्किमबाट जोहन राई र उनकी पत्नी लगायत विभिन्न स्थानहरुबाट पास्टर पास्टरनी आमाहरु र विश्वासीजन उपस्थित थिए। कार्यक्रममा सिलगढी, दार्जिलिङ, सिक्किम, सोनादा, टुंग, खरसाङ, मार्गरेट्स होप, तीनधारे, घैयाबारी, महानदी लगायत विभिन्न स्थानहरुबाट विश्वासीजन उपस्थित रहेका थिए।

About Author

Advertisement