खोरीबारी: खोरीबारी क्षेत्रमा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्तको पहिचान जीवनकृष्ण रोयको रूपमा भएको छ। प्राप्त आरोप अनुसार ती व्यक्तिले बालिकालाई खानेकुराको प्रलोभन देखाएर फकाउँदै यौन दुर्व्यवहार गरेका थिए। बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि र परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएपछि मात्र यो विषय बाहिर आएको हो।
पिडित परिवारको लिखित उजुरीका आधारमा प्रहरीले तत्काल यस मामिलामा अनुसन्धान अघि बढाउँदै अभियुक्तलाई हिरासतमा लिएको थियो। पक्राउ परेका रोयलाई सिलगढी उप-भागीय अदालतमा पेश गरिएको छ। पुलिसले अभियुक्त विरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाएको छ। यसैबीच, पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि मेडिकल कलेज पठाइएको छ भने नाबालिकाका परिवारले दोषीमाथि कडा कारबाही र न्यायको माग गरेका छन्।










