खोक्लामा २०० परिवार भाजपामा सामेल

d2d12795-6528-4c60-a66e-2ce12c5f1fec

कालचिनीः जयगाउँ एक नम्बर ग्राम पञ्चायत अन्तर्गत देवराली खोक्ला पार्ट नम्बर ११/४३ बाट मंगलबार प्रायः २०० परिवार तृणमूल औ अन्य दल त्याग गर्दै भाजपामा सामेल भएको भाजपा १ नम्बर मण्डल सभापति राजेश छेत्रीले जनाएका छन्।
भाजपामा लगातार सामेल हुने प्रक्रिया अघि बढ़िरहेको र अझै धेरै मानिसहरू भागाभाग योगदान गर्ने मण्डल सभापति राजेश छेत्रीले बताएका छन्।
उक्त योगदान कार्यक्रममा कालचिनी विधायक विशाल लामा लगायत अन्यान्य भाजपा नेतृत्वहरूको उपस्थिति रहेको थियो।
तृणमूलको चर्तिकला र यसका नेताहरूको व्यावहारले गर्दा औ तृणमूलको भ्रष्टाचारदेखि जनता जागृत बन्दै गईरहेको र आगामी पञ्चायत चुनाउमा भाजपाको राम्रो जीत हुने दाबी समेत कालचिनी विधायक विशाल लामाले गरेका छन्।

About Author

Advertisement