खेल्दै गर्दा एक्कासी बालिका बेपत्ता

IMG-20240608-WA0179

मालदा: मालदा जिल्लाको हरिश्चन्द्रपुरमा खेल्दै गर्दा एक बालिका अचानक बेपत्ता भएकी छिन्। बालिका अपहरणमा परेको आरोप लगाउँदै परिवारले पुलिस चौकीमा सहयोगको अपिल गरेका छन्। पुलिस स्रोतका अनुसार, बेपत्ता बालिकाको नाम १३ वर्षीया ललिता दास बताइएकोछ। उनी हरिश्चन्द्रपुर थानाको महेन्द्रपुर ग्राम पञ्चायतको बराडांगी गाउँकी बासिन्दा हुन्। बालिकाकी आमा रुमा दासले ललिता हिजो दिउँसो घरबाहिर खेल्न गएकी थिइन्, तर साँझ पर्दा पनि घर नफर्केकी थिइन्। त्यसपछि यस सम्बन्धमा पुलिस चौकीमा बेपत्ता मुद्दा दर्ता भएको छ। हरिश्चन्द्रपुर पुलिस चौकीले अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement