खेलबाट सन्न्यास लिएर म्याथ्यू वेड बने प्रशिक्षक

IMG-20241029-WA0305

पर्थ: अष्ट्रेलियाका विकेटकीपर ब्याटर म्याथ्यू वेडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। अब उनले पाकिस्तानविरुद्ध आउँदो टी२० सीरीजमा अष्ट्रेलियाई टीमको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। वेडले भने, यस साल आईसीसी टी२० वर्ल्ड कपपछि अन्तर्राष्ट्रिय क्रिकेटमा समय समाप्त हुन लागेको अनुभव थियो। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास अनि प्रशिक्षकको भूमिका सम्बन्धमा गत ६ महिनादेखि मेरो जर्ज (बेली) र एण्ड्र्यू (म्याकडोनाल्ड) – सँग चर्चा भइरहेको थियो। गत केही सालदेखि म कोचिंगमा ओर्लिनेबारे सोचिरहेको थिए। अहिले म यस नयाँ भूमिकाको निम्ति धेरै उत्सुक र आभारी छु। उल्लेखनीय छ, वेडले यसअघि मार्चमा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। जूनमा भएको टी२० विश्व कपमा उनी अष्ट्रेलियाई टीमको हिस्सा थिए तर सेप्टेम्बरमा ईंग्ल्याण्ड यात्रामा उनलाई राष्ट्रिय टीममा स्थान प्राप्त भएन। वेडले ९७ वटा टी२० म्याचमा ३ वटा अर्द्धशतकको साथ १२०२ रन बनाएका थिए।

About Author

Advertisement