खेम्पो उपाधिले सम्मानित भएकोमा लोपेन पासाङ दावा शेर्पालाई खरसाङमा स्वागत अनि सम्बर्द्धना

IMG-20230427-WA0267.jpg

खरसाङ: विशेष महोत्सव नामडेलिङ गुम्बाका ६०औँ र आनी गुम्बाका ३०औँ स्थापना दिवस पारेर उच्च बौद्ध अध्ययन र अनुसन्धान केन्द्रको विशेष दीक्षान्त समारोहमा पल्युल वंशका बाह्रौँ सिंहासन धारक परम पावन महागुरू कर्म कुक्षेन रिम्पोर्छेको बाहुलीबाट २२ अप्रेल २०२३ को दिन खेम्पो उपाध्यायको उपाधिले सम्मानित भएको खण्डमा लोपेन पासाङ दावा शेर्पालाई शेर्पा बुद्धिष्ट एसोसिएसन खरसाङले आज विशेष स्वागतसहित सम्मान जनाएका छन्।

उनलाई स्थानीय बौद्ध अनुयायीहरूले पूर्ण सम्मानपूर्वक स्वागत जनाइयो अनि सम्बर्द्धना जनाईयो। उनीहरूले लोपेन पासाङ दावा शेर्पाको यस उपाधिले सबैलाई हर्ष लागेको भन्दै उनको उपाधिले सम्पूर्ण बौद्ध शेर्पा समुदायलाई गौरवान्वित तुल्याएको जनाए भनी पासाङ लक्की शेर्पाले जानकारी दिएकी छन्।

About Author

Advertisement