खेती जमीनबाट अवैद्य रुपमा बिछाएको बिजुलीको तारहरू जफत

0916a5da-41a4-43e9-a9e0-46aa8f2b5354

कालचिनी – कालचिनी खण्डको विभिन्न खेती जमीनहरूमा गाउँलेहरूले जंगली हात्तीको उत्पातबाट बाँच्न अवैद्य रुपमा बिजुलीको तारहरू बिछाउने गरेको गोप्य सूचना पाएर आज कालचिनी खण्डको मेन्दाबारी बस्तीमा जल्दापाड़ा डिभिजन अन्तर्गत चिलापाता रेञ्जका बनकर्मीहरूले विशेष अभियान चलाउँदा बिजुलीको तारहरू खेती जमीनबाट बरामद गरेको थियो। प्रथमपल्टको निम्ति खेतीको मालिकलाई चेताउनी दिएर छोड़ेको बन विभागले जनाएको छ।

उल्लेखनीय छ, गाउँघरहरूमा बढ़दो हात्तीको उत्पातले गाउँलेहरू हैरान भएर अवैद्य रुपमा खेतीबारीमा बिजुलीको तारहरू बिछाउने गरेको सूचना पाएर बन विभागले यसको निम्ति गाउँलेहरूलाई यसो नगर्ने भन्दै सचेतना गर्न अभियान थालेको छ। आज यस क्रममा बन विभागले मेन्दाबारी बस्तीमा विशेष अभियान चलाउँदा बारीबाट बिजुलीको तारहरू फेला पारे तापनि पहिलो चोटीको निम्ति गाउँलेहरूलाई माफी दिँदै अब फेरि यस्तै घटना दोहोरिए भारतीय बन कानुन अन्तर्गत कारवाई हुने चेताउनी पनि गाउँलेहरूलाई दिएको बताईएको छ। यसै क्रममा नै आज गाउँलेहरूलाई यसरी अवैद्य रुपमा बिजुलीको तारहरू बिछाउने काम नगर्ने यसले जंगली हात्ती मात्र नभएर अन्य वन्यजीवको पनि क्षति हुने बारेमा सचेतना गरिएको बन विभागले जनाएको छ।

About Author

Advertisement