मालदा: मालदा जिल्लाको बामन गोला थानाको पाटुल क्षेत्रमा बुधबार बिहान एक किसानको शव फेला परेको छ। परिवार तथा पुलिस स्रोतकाअनुसार मृत्यु हुने किसानको नाम विन्दु उराउँ (५० वर्ष) रहेको छ। परिवारमा श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। परिवार र पुलिस स्रोतअनुसार अन्य दिनजस्तै उनी हिजो राती पनि खाना खाएर परिवारसँग सुतेका थिए। आज बिहान स्थानीयवासीले घरभन्दा केही टाढा खेतको छेउमा झुण्डिएको अवस्थामा किसानको शव फेला पारेका हुन्। खबर पाएलगत्तै आफन्त घटनास्थल पुगेका थिए। त्यसपछि बमनगोला पुलिस चौकीलाई खबर गरिएको थियो। पुलिसले गएर शव बरामद गरी पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पतालको शवगृहमा पठाएको छ। यस घटनाले मृतक किसानका परिवारसहित सम्पूर्ण गाउँ शोकमा डुबेको छ।










