खुशी शिक्षा केन्द्रको सहयोगमा सबैको साथ र सहयोग जरूरी

80255880-6e80-4534-b6e6-bc8534744244

सिलगढीः शिक्षा, साक्षरता, प्रेम, शान्ति, भाईचारा, आत्मनिर्भरता अनि मानवताको मूल मन्त्र लिएर निरन्तर कार्य गर्दै आइरहेको मिलनमोड़ स्थित खुशी शिक्षा केन्द्रको २३औं स्थापना दिवस कार्यक्रम कतिपय कारणवश यस साल धुमधामसँग पालन गर्न नसकिए पनि संस्थाका संस्थापक शिव कटवालको प्रयासमा शुभचिन्तकहरूलाई लिएर गत आइतवार एउटा सभाको आयोजन गरियो। सभामा बीपी बजगाईं (विधायक, खरसाङ) मुख्य अतिथिको रूपमा उपस्थित थिए भने स्थानीय ग्राम पञ्चायत सदस्य फुर्बा तामाङको साथमा हरि प्रसाद शर्मा, सुषमा गुरुङ, अरुणा रुचाल, बिन्दु शर्मा, सुजाता तामाङ, अञ्जना भण्डारी, रत्ना शर्मा, माला गुरुङ, देवमणि प्रधान, सुरेन्द्र छेत्री, सुरेन प्रधान, अर्जुन छेत्री, सुनिल गिरी, उद्धव शर्मा, विकास पौड़्याल, खेम कुमार राई, दिनानाथ देवकोटा, किरण जोशी, ज्ञान छेत्री, देवराज ब्राह्मिण, खेल प्रसाद शर्मा, प्रेम काफ्ले, शालु सुब्बा, नवराज शर्मा र नितिन छेत्रीसहित अन्य विशिष्ट व्यक्तिहरूका उपस्थिति रहेको थियो। सभामा खुशी शिक्षा केन्द्रले आधिकारिक रूपमा ट्रस्टको रूपमा पञ्जीकृत भएको जानकारी गराइयो अनि आउँदो समयमा यसलाई कसरी अझ वृहत रूपमा अघि बढ़ाएर लैजाने भन्ने विषयमा चर्चा परिचर्चा गरियो। लगभग २२ सालदेखि विपन्न परिवारका नानीहरूलाई निशुल्क शिक्षा प्रदान गर्नको साथै खुशी शिक्षा केन्द्रले स्थानीय महानुभवहरूका सहयोगमा योगाभ्यास, बेसिक कम्प्यूटर ट्रेनिंग, कराते, फूटबल आदिको प्रशिक्षण पनि दिँदै आएको छ। यस अभियानलाई अझ व्यापक रूप दिन अनि खुशी शिक्षा केन्द्रलाई अझ दह्रिलो बनाउन सबैबाट सहयोगको अपील गरिएको छ। यस कार्यमा कसैले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरी खुशी शिक्षा केन्द्रलाई सघाउ पुऱ्याउन सक्नेछन्। उल्लेखनीय छ, खुशी शिक्षा केन्द्रले हरेक वर्ष आफ्नो स्थापना दिवस अप्रेल कूल नामले वृक्ष रोपन अनि सफाई अभियानको साथ मनाउने गर्छ।

KHUSHI_TRUST, Reg. No: lV-0403-00335/2021, SBI A/C- 41029445669, IFSC- SBINOO12405, Karaibari, Milanmore, Champasari, Siliguri-734003, West Bengal, India
+918617372950

About Author

Advertisement