नाम्ची: आजदेखि राभाङलामा पाङ ल्हाबसोल खुल्ला भलिबल लिग प्रतियोगिता शुरू भएको छ। यस प्रतियोगिताको फाइनल खेल पाङ ल्हाबसोलको दिन सम्पन्न हुनेछ। यस कार्यक्रममा मन्त्री सञ्जित खरेल मुख्य अतिथि थिए।कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मन्त्री भीमहाङ सुब्बा, विधायक टीटी भोटिया आदिको पनि विशेष उपस्थिति रहेको थियो।
गत् ३० अगस्तदेखि शुरू भएको अन्तर सिक्किम भलिबल प्रतियोगिताको आजको प्रथम खेलमा सदा भलिबल कल्बलाई नाम्ची भलिबल कल्बले पराजित गऱ्यो। दोस्रो खेलमा फामतामलाई पराजित गरेर रदु खाण्डु विजयी बन्यो। खुल्ला भलिबल लिग प्रतियोगिताको प्रथम खेलमा बीजेएसएसले ०००९ टाँसीडिङलाई पराजित गऱ्यो। दोस्रो खेलमा रङ्गेली पीएसलाई पराजित गर्न जुम-सालघारी सफल बन्यो।
यस क्रममा अन्तर समष्टिस्तरीय लठ्ठा तान्ने प्रतियोगिता पनि भएको थियो। लठ्ठा तान्ने प्रतियोगिताको फाइनल खेल आगामी १० सेप्टेम्बरमा हुनेछ। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो।










