खाना पकाउँदै गरेकी महिलामाथि किङ कोब्राको आक्रमण

00-Snake

थाइल्याण्डको सूरत थानी क्षेत्रको जंगलमा झुपडीमा बसेर एक महिला खाना पकाउँदै थिइन्। अचानक महिलाको पछाडिबाट एउटा किंग कोब्रा सर्प आयो र उनलाई आक्रमण गर्यो। भनिन्छ, सर्पले बिना कारण कहिल्यै आक्रमण गर्दैन अर्थात् सर्पले छेडछाड गर्यो भने मात्र डस्छ। तर सामाजिक संजालमा भाइरल भइरहेको भिडियो देखेर छक्क पर्नुहुनेछ। यस भिडियोमा पछाडिबाट किंग कोब्रा सर्प आउँछ र आरामसँग बसेर खाना पकाउने महिलालाई आक्रमण गर्छ। यो भिडियो हेरेपछि मानिसहरु छक्क परेका छन्। सीसीटीभी क्यामेरामा कैद भएको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। यस भिडियोमा टिन नामकी ५० वर्षीया महिला आफ्नो घरबाहिर बसेर खाना पकाउँदै गरेको देखिन्छ। करिब १० देखि १२ फिट लामो कालो रंगको किंग कोब्रा सर्प महिलाको पछाडिको झाडीबाट निस्केर छिटोछिटो उनको तर्फ आउँछ। सर्प ग्यासको छेउमा पुग्छ र फर्केर महिलालाई आक्रमण गर्छ। सर्प देखेपछि महिला निकै डराउँछिन् र डरले चिच्याउदै भाग्छिन्। महिलाले चिच्याएर भाग्न थालेपछि सर्प पनि तिब्र गतिमा यता उता दौडिन थाल्यो। यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

About Author

Advertisement